Responsive Ad Slot

Latest

latest

लण्डन ओलम्पिकमा महारानीका नातिनीले पदक जितिन्

Tuesday, July 31, 2012

/ by Umesh shrestha

   बेलायती महारानीका नातिनीले रजत पदक जितेकी छिन् । घोडचढीको टिम भेन्टमा महारानीका नातिनी जारा फिलिप्ससहितको ग्रेट विटेन टोलीले दोस्रो स्थान हात पारेको छ ।
स्वर्ण भने जर्मनको टोलीले जितेको छ । जाराको टिमलाई हौसला बढाउन बेलायती राजकुमारसहितका अधिकारीहरु मैदान पुगेका थिए । ग्रेट बि्रटेन टिममा परेपछि जारा बेलायती मिडियाहरुमा छाएका थिइन् ।
उनीसँगै उनको घोडाको नाम पनि चर्चामा रहृयो । जाराको घोडाको नाम हाइ किङ्डम राअिएको छ । यसैबर्ष मात्र बैबाहिक बनधनमा बाँधिएकी ३१ वर्षीया जारा महारानीकी छोरी प्रिन्सेस एनकी छोरी हुन् ।
प्रिन्सेस एनले पनि सन् १९७६ मा भएको ओलम्पिकमा बेलायतको प्रतिनिधित्व गरेकी थिइन् ।



Source:- OnlineKhabar.com
Don't Miss
© all rights reserved
made with by templateszoo